पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु

बझाङ, २४ चैत । बझाङको तलकोट गाउँपालिका–१ चौडामा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवर रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको ट्यांकीमा सोमबार पानी जम्मा गर्ने क्रममा फुटेको प्रहरीले जनाएको छ । पानी ट्यांकी फुटर घाइते भएकी सुन्दरीदेवीको अमिशा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा पानी ल्याइएको थियो । पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्यांकी फुटेर उक्त घटना भएको स्थानीय गोपाल कुँवरले बताए । अमिशा अस्पतालको लापरवाहीका कारण सुन्दरी कुँवरको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापरवाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले आरोप लगाए ।

अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर जाँच गर्दा मेन्टेन भएको देखिएको बताए । पछि मात्रै बिरामीको मृत्यु भएको उनले बताए । बिरामीका आफन्तले भने डाक्टरलाई कारवाहीको माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ

काठमाडौँ, ४ जेठ । स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् । प्रहरी वृत्त

काठमाडौँ, ४ जेठ । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको

काठमाडौँ, ४ जेठ । स्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार  आज स्याउको मूल्यमा