जथाभावी टिप्दा गुराँस मासिने खतरा

काठमाडौँ, २४ चैत । राष्ट्रिय फूल लालीगुराँस प्रशस्त फूल्ने उत्तरी मकवानपुरको थाहानगरमा हिजोआज स्कुले बालबालिका गुराँस बिक्री गर्न सडकमा उभिएर गाडी रोकिने प्रतीक्षामा देखिन्छन् । यसरी टिपिँदा गुराँसको प्राकृतिक सौन्दर्यमा ह्रास आए पनि कुनै पनि निकाय सचेत देखिएका छैनन् । गुराँस फूल्ने विभिन्न स्थानमा फूल टिप्नेलाई नगद जरिवानाको कारबाही गर्ने गरिए पनि मकवानपुरको थाहा नगरमा यस्तो छैन । नगरस्थित ऋषेश्वर सामुदायिक वन अध्यक्ष हिरेन्द्र रायमाझीले गुराँसका फूल टिप्दा जरिवाना लिने नगरिएको बताउनुभयो । नियम बनाउन सब–डिभिजन बन कार्यालयबाट निर्णय आउनुपर्ने र दण्ड दिने कुनै विधिविधान नभएकोले फूल टिप्दा कारबाही नगरिएको रायमाझी बताउँछन् ।

थाहानगरकै सीमभञ्ज्याङस्थित करुणाभूमि सामुदायिक वन अध्यक्ष विनोदकुमार लामाले गुराँस फुल टिप्दा जरिवाना नलिए पनि ठाउँ–ठाउँमा चेतनामूलक बोर्ड राखिएको बताउनुभयो । लामाले फूल टिप्ने मात्र नभएर हाँगा भाँचिनाले समस्या भएकाले त्यसो नगर्न आग्रह गरिएको बताउनुभयो । राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएको छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथ वरपरका जंगलमा फुलेका लालीगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्याउनु स्वाभाविक हो । टिस्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरू अहिले बेहुलीझैँ राताम्य देखिन्छ ।

त्यसैले, लालीगुराँसका पारखीहरू गाडी रोक्दै तस्बिर कैद गर्नमा व्यस्त देखिन्छन् भने केहीले रूख चढेर लालीगुराँसका थुँगा कोसेली लाने गर्छन् । डाँडैभरि फुलेका लालीगुराँसका कारण अचेल हेटौंडादेखि काठमाडौं जाने तथा काठमाडौंबाट हेटाैँडा जाने यात्रुहरूले आफ्नो गन्तव्य त्रिभुवन राजपथलाई बनाउने गर्दछन् । दामन सीमभञ्ज्याङ क्षेत्रमा लालीगुराससँग रमाउन काठमाडाैँ हेटाैँडा, चितवन र वीरगञ्जका लालीगुराँस पारखीहरू आउने गरेका छन् । लालीगुराँसले राजपथ आसपास जंगल मात्र राताम्य भएको छैन, यसकारण होटल व्यवसायीहरूलाई समेत आम्दानीको बाटो खुलेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्