आजको मौसम

काठमाडौँ, २४ चैत । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ भने पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल ।   मेष : भाग्यको उदय हुने दिन छ। खर्च

काठमाडौँ, ४ जेठ । स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् । प्रहरी वृत्त

काठमाडौँ, ४ जेठ । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको