आगलागीबाट महिलाको मृत्यु

वाग्मती, २३ चैत । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

साथै उक्त आगलागीमा परेर उहाँको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप