आजको राशिफल

वि.सं.२०७७ साल चैत्र २३ गते । सोमबार । ईश्वी सन् २०२१ अप्रिल ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–अष्टमी,०४ घडी १९ पला,बिहान ०७ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाषाढा,०१ घडी ४२ पला,बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त उत्तराषाढा । योग– शिव,३७ घडी २० पला,बेलुकी ०८ बजेर ४८ मिनेट उप्रान्त सिद्ध । करण– कौलव,बिहान ०७ बजेर ३६ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर ५१ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु ,मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त मकर । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त वा आमासँग मनमुटाब बढ्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तो सफलता पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरि योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेकोछ ।

 कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका