रुद्रान्जु प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजनाः ४० जनाद्वारा रक्तदान

काठमाडौँ, २२ चैत । कीर्तिपुर–१०, ट्याङ्लाफाँटस्थित नव जागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा ४० जनाले रक्तदान गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष लक्ष्मी पाण्डेले रक्तदाता सबैलाई सहृदयदेखि धन्यवाद दिँदै नव जागरण महिला समूहको पहलमा आयोजित रक्तदान कार्यक्रमले सफलता पाएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै, उपाध्यक्ष टिकादेवी खनालले भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै समाजसेवामा हरकदम अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो ।

नव जागरण महिला समूह आफँैमा आदर्श स्थापित गर्दै समाजसेवी कार्यक्रमहरु आयोजना गरी अन्यलाई पनि यस्ता कार्यमा सहभागी गराईरहेको छ । स–साना सेवाभावी जमर्कोले समाजमा ठूलो प्रभाव पार्ने यो उदाहरणीय प्रयास हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार