स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

उदयपुर, २२ चैत । उदयपुरको चौदण्डी गढी नगरपालिका–१० इक्राहामा आज बिहान १० बजे एक स्कुल बसको ठक्करबाट स्थानीय ६२ वर्षीय जगनारायण श्रेष्ठको मृत्यु भएको छ ।

जल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कुलको स्कुल बस को१ख २७४८ नंको बसले इक्राहास्थित मदन भण्डारी मार्ग खण्डमा बाटो काट्दै गरेको श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको उदयपुर प्रहरीले बताएको छ ।

बसचालक चौनपा–१० इक्राहाका ३८ वर्षीय रत्नबहादुर कार्कीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने श्रेष्ठको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखेको उदयपुरका प्रहरीप्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा