ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा, २२ चैत । मकवानपुरको भिमफेदी सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति भिमफदीको भैसेबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को ट्रक र विपरीत दिसाबाट जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएर दुर्घटना हुदा मोटरसाइकल चालक सिचाई टोल बस्ने २४ बर्षीय अनिश खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ दुई नम्बर पुल बस्ने अन्दाजी ३२ वर्षका मधुकर विष्ट र कन्टेनरका मालिक मकवानपुरको भिमफदी गाउँपालिक वडा नम्बर–२ बस्ने वर्ष २८ का सुरेश घलान रहेको छ । घाइते चालक विष्ट हेटौंडास्थित चुरेहिल अस्पताल र अर्का घाइते घलानको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्