गाउँको बीचमा कोइला कारखाना, स्थानीयलाई स्वास्थ्य समस्या

काठमाडौँ, २२ चैत । मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर, पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ । 

‘अहिले बढाररे बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षांैदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको  छ । पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच गर्नु हो। धर्मकाँटाभन्दा अझै उत्तरमा छ, पत्थर कोइलाको ठूलो डिपो र प्रशोधन कारखाना । यो कारखाना धर्मकाँटाकै नामबाट सञ्चालित छ । जब कारखानाको मेसिन चल्न थाल्छ, तब मेसिनबाट निस्किने धूवाँ र कोइलाका स–साना कणलाई हावाले स्थानीय बासिन्दाका घरघर पु¥याउँछ । 

कारखाना सञ्चालन गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । जसका लागि गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थासँग वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा लिखित सुझाव लिनुपर्छ । तर कारखाना सञ्चालनअघि यी कुनै प्रक्रिया नपु¥याइएको स्थानीयको भनाइ छ । कोइला कारखाना आसपासका करिब एक सय घर प्रत्यक्ष र करिब तीन सय घर अप्रत्यक्ष रूपमा प्रदूषणको मारमा छन्। सम्बद्ध निकाय भने वर्षौंदेखि मौन छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट