आजको मौसम पूर्वानुमान

काठमाडौँ, २२ चैत । नेपालमा आज स्थानीय वायुको सामान्य प्रभावका कारण मौसममा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज प्रदेश १, वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

त्यस्तै आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा

काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार

काठमाडौँ, ६ बैशाख । सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार