कास्की, २१ चैत । कास्कीबाट आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी गीतमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।