बाग्मती टिपर व्यवसायी संघद्वारा मानव कल्याणलाई सहयोग

काभ्रे, २१ चैत । सेवा घरको सेवाबाट प्रभावित भई बाग्मती टिपर व्यवसायी संघ बनेपा काभ्रेद्वारा सेवा घरलाई अत्यावश्यक खाधान्न सामग्रीहरु सहयोग गरेको छ ।

संघले मानव कल्याण समाज (सेवा घर)को सेवामा सहजता प्रदान गर्नको लागि सेवा घरको सेवाबाट प्रभावित भई सेवा घरको शुभेच्छुक, शुभचिन्तक, अभिभावक मानविय भावनाका धनि संघका अध्यक्ष प्रेम लामालगायत संघ बनेपा काभ्रे परिवारद्वारा सेवा घरको गरिमा बढाइरहनु भएका बुवा-आमा, छोराछोरीहरुको लागि अत्यावश्यक खाधान्न सामग्री तथा सरसफाई सामग्रिहरु हस्तान्तरण गरिएको छ ।

संघले सेवा घरलाई गरेको सहयोग सामग्रीहरुमा चाउचाउ दस काटुन, बिस्कुट तीन काटुन, तेल दुई काटुन, दाल दुई बोरा, चिउरा एक बोरा, मसला साढेतिन किलो, नुन १० प्याकेट, मन्जन १५ प्याकेट, ब्रस दुई दर्जन, स्याम्पु ठूलो पाँच बट्टा, हार्पिक पाँच लिटर, साबुन चार काटुन, सरफ २५ किलो, चिनि एक बोरा, पौडर दूध तीन किलो, खुर्सानी धुलो एक किलो, बेसार डेढ किलो, डाईपर ठूलो एक प्याकेट, फिनेल पाँच लिटर, राज्मा १० किलो, बोडी १० किलो रहेको छ ।

सहयोग बुझ्दै सेवाघरले मानवीय सेवालाई थप सहज अनि सरल बनाउन मानव कल्याण समाज (सेवा घर)लाई सहयोग पुर्‍याउनुहुने सेवा घरका शुभचिन्तक परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत सकारात्मक मनका धनी बाग्मती टिपर ब्यवसायी संघ बनेपा काभ्रे परिवारलाई धेरै-धेरै धन्यावाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार