आज काठमाडौँको यी क्षेत्रमा ६ घण्टासम्म बत्ती जाने

काठमाडौँ, २१ चैत । काठमाडौँको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ ।

कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्लाफाँटलगायत ठाउँमा आज साढे २ घण्टा बत्ती जाने भएको हो ।

बिहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीरलगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम हुँदैछ ।

यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका प्राधिकरणले सूचना निकालेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट