आज काठमाडौँको यी क्षेत्रमा ६ घण्टासम्म बत्ती जाने

काठमाडौँ, २१ चैत । काठमाडौँको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ ।

कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्लाफाँटलगायत ठाउँमा आज साढे २ घण्टा बत्ती जाने भएको हो ।

बिहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीरलगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम हुँदैछ ।

यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका प्राधिकरणले सूचना निकालेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्नेहरू आज स्वयं