योगेशलाई ताप्लेजुङ पुगेर नेता बस्नेतको चेतावनीः तपाईहरुको अराजकताको अन्तिम प्रयास सहजै परास्त गर्छौं

ताप्लेजुङ, २० चैत । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूहको अराजकतालाई अन्त्य गर्न सफल भएको उल्लेख गर्नुभयो ।

अराजकताको अन्त्य, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षा सहित विकासको निरन्तरताको लागि भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङद्वारा आयोजित जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै सांसद बस्नेतले संघको आजको कार्यक्रममा योगेश भट्टराईको प्रमुख आतिथ्यतामा हुनुपर्ने अवस्थामा पार्टीको विरुद्धमा गुटबन्दी गरिरहनुभएको भन्दै आक्रोस जनाउनुभयो । ताप्लेजुङका युवाहरु एक ढिक्का भई अगाडी बढ्न चाहिरहेको समयमा युवालाई साथ लिई आगामी राजनीतिक भविष्यको बाटो तयार गर्नुको साटो ताप्लेजुङबाट नै निर्वाचित हुनुभएका सांसद योगेश भट्टराई युवाहरुको चाहनालाई लत्याउँदै हिड्नु नै उहाँको लागि राजनीतिक यात्रा अध्यारो भएको नेता बस्नेतले बताउनुभयो ।

माधव समूहले पार्टीमा समानान्तर कमिटीका गतिविधि गर्नु कम्युनिष्ट सिद्धान्त विपरित भएकाले उक्त कुरालाई स्वीकार्य गर्न नसकिने उल्लेख गर्दै नेता बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई विकृति र विसंगतिलाई मुक्त तथा सुद्धिकरण गराउने अभियानमा प्रधानमन्त्री केपी ओली रहनुभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहीँबाट निर्वाचित सांसद योगेश भट्टराई आजको युवाहरुको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई युवाहरुलाई निर्देश गर्दै आफुनो राजनीतिक भविष्यलाई सुरक्षित तथा आफ्नो निर्वाचन क्षेत्रका जनताको सारथीको रुपमा रहनुपर्ने थियो । तर उहाँ आज नै काठमाडौँमा गुटको निर्णयहरु सुनाउँदै हुनुहुन्छ । पार्टीलाई समानान्तर गतिविधिहरु गरी फुटको बाटोमा लैजाने प्रयास गर्दै हुुनुहुन्छ । प्रचण्डको योजना त सहजै रुपमा असफल बनाउन सफल भयौं भने माधव समूहले पार्टी तथा मुलुकको हित विपरित गरेको गतिविधिलाई हामी सहजै रुपमा परास्त गर्नेछौं ।’

संगतले गर्दा भट्टराई अहिले माधव समूहमा रहनुभएको उल्लेख गर्दै नेता बस्नेतले मन एक तिर बाध्यताले व्यवहार अर्का तिर भएको नेताको रुपमा नेता भट्टराई रहनुभएको बताउनुभयो । घेराबन्दीमा रहेर नेता भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध लागिरहनुभएको उल्लेख गर्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीले गर्नुभएको सहयोगकै कारण मन्त्री तथा पार्टीमा जिम्मेवार नेतृत्व प्राप्त गर्नुभएको कुरा नविर्सन भट्टराईलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘योगेश जी, तपाई सम्भावना भएको नेता हो । गुटमा लाग्नुभयो भने तपाईको भविष्य अन्धकार छ । धेरै आशा बोकेको नेता भएकाले अहिले नै सोच्नुस्, समस्या पैदा हुनुभन्दा पहिला नै गल्ती सच्याउनुस् । यदी सच्चिनु भएन भने भिरबाट लडेको गाईलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन ।’

अराजकताको अन्त्य तथा नियन्त्रण गर्न खोज्दा कोलाहल गरेको उल्लेख गर्दै नेता बस्नेतले अपराधि बढेको नभई सूची चाही बढेको दावी गर्नुभयो । प्रचण्ड प्रवृत्तिलाई परास्त गरिएको उल्लेख गर्दै उहाँले माधव नेपालको अराजक गतिविधिको अन्तिम प्रयास समेत सहजै परास्त गर्ने उद्घोष गर्नुभयो ।

युद्धबाट आफ्नो अस्थित्व बचाउन नसकेका प्रचण्डले मुद्धाबाट बचाउँछु भन्ने कल्पना नगर्न प्रचण्डलाई चेतावनी दिँदै उहाँले प्रचण्ड युद्धमा पनि असफल तथा मुद्धामा पनि असफल स्थापीत भइसकेको दावी गर्नुभयो । प्रचण्ड–माधवले नेतृत्व गरेको समूहबाट जनताबाट तिरस्कृत तथा आफ्नो कालो कर्तुतहरु लुकाउनको लागि प्रधानमन्त्री ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याइएको उल्लेख गर्दै उक्त प्रस्ताव संसदमा लगे सहजै रुपमा असफल बनाउने बताउनुभयो ।

प्रचण्डले अनावश्यक माग गरी कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउन खोजेपनि प्रधानमन्त्री ओलीले रक्षा गर्नुभएको उल्लेख गर्दै नेता बस्नेतले प्रचण्डले एमालेको सूर्य चिन्हलाई कब्जा गरी एमालेको अस्थित्व च्युत गर्ने तथा कम्युनिष्टलाई नेपालबाट समाप्त गर्ने योजना असफल बनाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको कुरालाई सर्वोच्चले उल्ट्याई दिएपछि माधव–प्रचण्ड समूहले खाएको लड्डु र अविर जात्रा पानीको फोका जस्तै दुई दिन पनि टिक्न नसकेको उल्लेख गर्दै उहाँले प्रचण्डले माधवले लड्डु बजारमा समेत विक्न नसक्ने गरी व्यइजत गराएको बताउनुभयो ।

गतिहिन, विचारहिन, अराजकलगायतको पहिचना नै प्रचण्डको भएको उल्लेख गर्दै सांसद बस्नेतले माधव–प्रचण्ड समूहले वर्तमान सरकारलाई प्रत्येक पल पलमा असफल बनाउन खोजे पनि प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालका साथ साथै विकास र समृद्धिको यात्रालाई एक कदम अगाडी बढेको मात्र नभई दौडाउनुभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको एमालेमा ९० प्रतिशत कम्युनिष्ट पार्टीहरु आवद्ध रहेको उल्लेख गर्दै नेता बस्नेतले १० प्रतिशत कम्युनिष्ट जनताहरु माधव तथा अध्यक्ष प्रचण्ड समूहमा रहेको दावी गर्नुभयो । एमालेका कार्यकर्ताको राजनैतिक रुपमा भविष्य सुरक्षित रहेको उल्लेख गर्दै उहाँले बैद्धिक र विद्वान नेतृत्व एमालेमा नै रहने र जिम्मेवारी समेत प्रदान गरिने बताउनुभयो । नेतालाई सहिबाटोमा नहिडे कार्यकर्ताले सहि बाटोमा हिडाउनु पर्ने समेत उहाँले सुझाव दिनुभयो ।

अब देशभर एमालेको गतिविधि तिव्र हुने र जनताको मन मनमा बस्ने गरी आगामी दुई वर्ष पछिको निर्वाचनमा स्पष्ट बहुमतका साथ जनताको विकास र समृद्धिको चाहनालाई पुरा गर्ने उद्घोष गर्दै नेता बस्नेतले जनताको मन मनमा नेपाली जनताको साथमा प्रधानमन्त्री ओली स्थापीत हुनुभएको दावी गर्नुभयो ।

कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति, केन्द्रीय सदस्य तथा पूर्व युवा संघ नेपालको अध्यक्ष निरुदेवी पाल, केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, संघ नेपालका अध्यक्ष बचन बहादुर सिं, सहअध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, असोक चौलागाई, महासचिव रमेश आचार्यलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्