वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

काठमाडौँ, २० चैत । झण्डै एक साता धुवाँ र धुलोको तुवाँलोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि घातक मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण अस्वस्थकर तहमै रहेको छ ।

राजधानीको भैँसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौँको वायुको गुणस्तर १६० को हाराहारीमा झरेको देखाए । वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ ।

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो । बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवाँलोका कारण गत शुक्रबार वायुमण्डलको भिजिबिलिटीको मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर सात किलोमिटर पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ चैत । इस्लामिक मुलुक साउदी अरेबियाले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ ।

काठमाडौँ, १४ चैत । ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म

काठमाडौँ, १३ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार