मेलम्चीको पानी वितरण भृकुटीमण्डपमा राष्ट्रपतिबाट शुभारम्भ गरिँदै

काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चैत २० गते अर्थात् शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छन् ।

काठमाडौंमा एक समारोह नै आयोजना गरेर पानी वितरणको औपचारिक सुरुआत गर्न लागिएको हो । खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेकाअनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक सुरुआत गरिनेछ । सर्वसधारणले निःशुल्क पिउन मिल्ने गरी भृकुटीमण्डपमा अहिले ३ वटा धारा बनाइँदैछ ।

‘पानी वितरणको परीक्षण सफल भयो,’ न्यौपानेले भने, ’शुक्रबार राष्ट्रपतिज्युबाट पानी वितरणको औपचारिक शुभारम्भ हुनेछ ।’ आयोजनाको बाँधस्थल (हेडवर्क्स)को काम नसकिए पनि खोलाबाट सिधै सुरुङमा पानी राखेर काठमाडौंमा मेलम्चीको पानीको वितरण सुरु भइसकेको छ । गत चैत १५ गतेबाट नै आयोजना गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न थालेको थियो । शुक्रबार दोस्रोपटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ  कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021