भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर, १८ चैत । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ । रासस
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021