संवैधानिक नियुक्तिलाई पूर्ण इजलासले सुनुवाइ गर्ने

काठमाडौँ, १८ चैत । विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा उठाइएका विषय गम्भीर प्रकृतिको संवैधानिक विवाद भएको उल्लेख गरी ती रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने गरी मंगलबार आदेश गरेको हो।

सो आदेशपछि ती रिट निवेदनहरु अब पूर्ण इजलासले सुनुवाइ गर्नेछ।गत माघ पाँच गते विभिन्न संवैधानिक निकायहरुमा ३८ जना पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। सोबमोजिम नियुक्त भई ती पदाधिकारीले कार्यसमेत गरिसकेका छन्।

नियुक्ति गैरसंवैधानिक भएको दाबी गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सो रिट निवेदन माथि सुुनुवाइ भएपछि त्यसलाई पूर्ण इजलासले हेर्नुपर्ने गरी आदेश भएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021