टिपर सडकबाट खस्दा एक जनाको मृत्यु

ताप्लेजुङ, १७ चैत । बालुवा लोड भएको टिपर अनियन्त्रित भएर सडकबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसेस्थित थुम्बेदिन-डुम्रिसे सडक खण्डमाप्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको टिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई  सडकबाट करिब २५ मिटर तल खस्दा सहचालक लमजुङ दोर्दी-६ किर्तीगाउँका १८ वर्षीय कृष्ण विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालक सिन्धुली कमलमाई-४ का २४ वर्षीय यामकुमार विक र ताप्लेजुङ पाथीभरा याङबरक-२ थेचम्बुका २० वर्षीय मन्दीप लिम्बु घाइते छन्।

दुबैको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021