हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

सिमकोट, १७ चैत । हुम्लाको मुख्य यातायातको साधनकारूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।

आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले मंगलबार पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

काठमाडौँसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021