भारतबाट आएका १२ जनामा कोरोना पुष्टि

धनगढी, १७ चैत । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।

उनका अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं. २ का ३० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भारतबाट आएका धनगढी–१ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका–६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा–११ का २२ वर्षीया पुरुष र कृष्णपुर–६ का २२ वर्षीया महिलामा कोरोना सङक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021