महादेवस्थानका भक्तजनलाई सेवा दिँदै शुभ शान्ति सहकारी

काठमाडौँ, २७ फागुन । महाशिवरात्रिको उपलक्ष्यमा बिहिबार कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुईँचो लागेको छ ।

मन्दिर वरपर भक्तजनहरुको संख्या बढिरहेको छ । स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले भक्तजनहरुलाई लाईनमा राखेर व्यवस्थित रुपमा महादेवस्थानको दर्शन गर्ने व्यवस्था मिलाइरहेका छन् । यसैबीच मन्दिर परिसरमा आएका भक्तजनहरुको स्वास्थ्य सेवा पुऱ्याउने उदेश्यले कोटेश्वरमै रहेको शुभ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एउटा स्टल नै राखेर सेवा दिइरहेको छ ।

उक्त सहकारी संस्थाको महिला तथा अतिरिक्त क्रियाकलाप उप–समितिको संयोजनमा स्वास्थ्य सेवा कार्यक्रमका साथै भक्तजनहरुलाई जुस तथा खानेपानी वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । महादेवस्थान मन्दिर परिसरमै स्टल राखेर वीर अस्पताल स्वास्थ्यकर्मीसहित उक्त सहकारीले सेवा पुर्याइरहेको संस्थाका ब्यवस्थापक प्रमोद उप्रेतीले बताउनुभयो । भक्तजनहरुको स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल तथा शहिद अस्पताल, कलंकीबाट स्वास्थ्यकर्मीहरु आउनु भएको ब्यवस्थापक उप्रेतीको भनाइ छ ।

स्वास्थ्यकर्मीहरुले भक्तजनहरुको ब्लड प्रेस परीक्षण गर्नुका साथै आवश्यक परामसर्श समेत दिइरहेका छन् । सहकारीका अध्यक्ष उद्धव तिमिल्सिनाले महाशिवरात्रिको पावन अवसरमा भक्तजनहरुको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।

तिमिल्सिनाका अनुसार स्वास्थ्य परिक्षण तथा शुद्ध पानी र जुस वितरण गरिएको स्थानमा भक्तजनहरुको समेत राम्रो उपस्थिति रहेको छ । संस्थाले यो सेवा आज बिहान नौ बजेदेखि साँझ ५ बजेसम्म दिने कुरा कार्यक्रमका संयोगक सलिक राम सुबेदीले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021