एमाले र जसपाबीचको छलफल सम्पन्नः जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक’

काठमाडौँ, २७ फागुन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेतृत्वबीच आज बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ ।

जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको छ । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

जसपाद्वारा कैदीबन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन गरी तीन वटा मागहरु प्रस्तुत गरेका छन् । उक्त मागहरुमा प्रधानमन्त्री ओली सकारात्मक रहनुभएको जसपाका नेताहरुले जनाएका छन् । जसपाका नेता लक्ष्मण लाल कर्णका अनुसार अबको वार्ता कार्यदल स्तरमा हुनेछ ।

एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021