नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौँ, २७ फागुन । काठमाडौँको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति १ हजार रुपैयाँ दरका १६३ थान नक्कली नोटसहित सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भई काठमाडौंको बौद्ध बस्ने २१ वर्षीय विजय तामाङ र बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४  माघ । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज

काठमाडौँ, ४  माघ । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021