कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज, २६ फागुन । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका २० राँझा निवासी ५४ वर्षिया नेपाली काँग्रेसकी क्षेत्रीय कार्यसमिति सदस्य तथा समाजसेवी मायादेवी गुरूङ्गको बुधबार बिहान उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार उनलाई गत माघ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा राखिएकोमा स्वास्थ्य अवस्था विग्रिएपछि फागुन ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनलाई प्लाज्मा र रेमडिसिभिर औषधी दिनुका साथै अन्य सबै विधी अपनाउँदा पनि स्वास्थ्य अवस्था झन जटिल बनेपछि आज बिहान गुरूङ्गको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

योसँगै कोभिड संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021