प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौँ, २५ फागुन ।  नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट  कार्यान्वयनमा  ल्याउने  गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले  अवरुद्ध  प्रहरी  समायोजनका  लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला  भइसकेकाले  समायोजन  प्रक्रिया  अब नलम्बिने बताए । “समायोजनको सुरुवाती चरणमा जनशक्ति समायोजन हुनेछ । यस सम्बन्धमा गृहकार्य सुरु भइसकेको  छ”,  उनले  भने,  “त्यसपछि अन्य  प्रक्रिया  चरणबद्ध  हुनेछन् ।

सरकारले यसअघि  प्रतिनिधि  सभा  विघटन  गरी  निर्वाचन घोषणा  गरेसँगै  समायोजन  प्रक्रिया  रोकिएको थियाे ।  सर्वोच्च  अदालतबाट  प्रतिनिधि  सभा विघटनको   निर्णय   बदर   भएसँगै   निर्वाचन सुरक्षामा  जुटेको  प्रहरी  समायोजन  तयारीमा फर्किएको हो ।” 

सरकारले   यसअघि मङ्सिरमा   प्रहरी समायोजनसम्बन्धी  सङ्गठन  तथा  व्यवस्थापन सर्वेक्षण स्वीकृत   र  समायोजनसम्बन्धी विधेयक  एक  वर्षअघि  नै  स्वीकृत  गरिसकेको छ ।   सर्वेक्षणले केन्द्र   (सङ्घ)मा   प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को  नेतृत्वमा  प्रहरी रहने व्यवस्था गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । डीएसपीहरु