रामकुमारी झाँक्रीद्वारा सर्वोच्च र निर्वाचन आयोगलाई धम्की (भिडियोसहित)

महोत्तरी, २४ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहकी नेतृ तथा प्रतिनिधिसभाको समानुपातीक सांसद रामकुमारी झाँक्रीले सम्मानीत संस्था सर्वोच्च अदालत तथा निर्वाचन आयोगलाई धम्की दिनुभएको छ ।

अखिल नेपाल महिला संघ महोत्तरीले बर्दिवासमा आज आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै नेतृ झाँक्रीले सर्वोच्च तथा निर्वाचन आयोगलाई धम्की दिनुभयो । सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नगरेको तथा निर्वाचन आयोगले आफ्नो समूहलाई बैधानीकता दिन ढिलाई गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतले हिजो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषी कट्टेलको नाममा फैसलाई सुनाउँदै विधिवत एमाले तथा माओवादी केन्द्रलाई व्युँताइदिएको छ । एमालेको कोटाबाट समानुपातीक सांसद हुनुभएकी नेतृ झाँक्रीले पछिल्लो समय दिनुभएको अभिव्यक्तिले आगामी दिनको राजनीतिक यात्रा समेत धरापमा परेको छ ।

एमालेकै तर्फबाट प्रधानमन्त्री बन्नुभएका केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनेक लान्छना लगाई प्रचण्डको पक्षमा लागि आरोप प्रत्यारोपमा लाग्नुभएकी नेतृ झाँक्रीले अबका राजनीतिक बाटो माओवादी की एमाले ? भन्ने गंभिर प्रश्न चिन्ह खडा भएको छ । एमालेमा लागे शिर्ष नेतृत्वको व्यक्तिगत जीवन तथा राजनीतिक भविष्यमा समेत दाग लगाउन सफल हुनुभएकी नेतृ झाँक्रीले अब प्रधानमन्त्री ओली तथा माधवको नेतृत्वमा नभई प्रचण्डको नेतृत्वमा हिडी जनताबाट तिरस्कृत हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

भिडियो

रॉम कुमॉरी झॉक्रि केन्द्रीय सदस्य १११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमॉ महोत्तरी बर्दीबास सम्बॉेधन

Posted by Navin Khadka on Monday, March 8, 2021

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021