नेकपाबाट चुनाव जितेका प्रतिनिधिलाई दल छान्न दिनुपर्छ: महान्यायाधीवक्ता खरेल

काठमाडौँ, २४ फागुन । महान्यायाधीवक्ता अग्नि खरेलले निर्वाचन आयोगले नेकपाको नामबाट चुनाव जितेका जनप्रतिनिधिलाई दल छान्न दिनुपर्ने बताउनुभएको छ ।

महान्यायाधीवक्ता खरेलले जनप्रतिनिधि रहेको अवस्थामा ती पदहरू शून्यमा गएर चुनावको परिस्थिति नबन्ने दाबी गर्दै भन्नुभयो, ‘जनप्रतिनिधिले जनताबाट मत प्राप्त गरिसकेका छन् । उसको प्रतिनिधित्वको अधिकार दलहरू साविकको अवस्थामा गएका कारण समाप्त हुन सक्दैन । उसलाई च्वाइस गर्न दिनुपर्छ ।’

नेकपा साविकको पोजिसनमा गएपछि अब निर्वाचन आयोगले ‘तिमी कता जान्छौ रु’ भनेर जनप्रतिनिधिलाई सोध्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले त्यसका लागि सर्वोच्चको फैसला हेरे पुग्ने बताउँदै उहाँले निर्वाचन आयोगले अदालतले फैसलालाई समग्रतामा हेरेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

खरेलले नेकपाको नामबाट चुनाव लड्ने व्यक्ति पनि दलीय प्रतिनिधि नै भएकाले त्यस्तो मौका दिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘ऊ पार्टी भित्रबाट आएको मान्छे हो । अब उसले साविकको पार्टीमा जाँदा यो पार्टी चयन गर्छु भन्ला । अब त्यो मौका नदिएर शून्यमा गयो, चुनाव हुन्छ भन्न मिल्दैन ।’

निर्वाचन आयोग भने अझै पनि ४६ जनप्रतिनिधिको विषयमा के निर्णय गर्ने भन्ने अलमलमा रहेको छ । कानुनी व्यवस्था अनुसार निर्वाचनको उम्मेद्वारी दर्तादेखि मतपरिणाम घोषणा नभएसम्मको अवस्थामा मात्र आयोगले काम गर्ने आयोगको विश्लेषण छ । आयोग जनप्रतिनिधिको योग्यता अयोग्यताको विषय अब अदालतबाट निरूपण हुनुपर्ने पक्षमा छ ।

सर्वोच्च अदालतले आइतबार नेकपाको एकीकरण खारेज गर्दै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएको थियो । नेकपाको नामसम्बन्धी मुद्दामा सर्वोच्चले एकीकरण खारेज गरेपछि नेकपाबाट निर्वाचित ४६ जनप्रतिनिधिको हैसियतमाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021