प्रम ओलीको प्रचण्ड–नेपाल समूहलाई प्रश्नः तपाइँहरूको पार्टी कुन हो भनेर सोध्नु नपरोस ?

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतवार अमर्यादित गतिविधि भएको दाबी गर्नुभयो ।

सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाउनुभयो । उहाँले अध्यादेश फेल गराउन पनि चुनौती दिनुभएको छ ।

यसैबीच ओलीले सर्वोच्च अदालतले आइतवार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने बताउनुभएको छ । आइतवार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो रु भनेर प्रश्न गर्नुभएको थियो, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतवार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो रु भनेर उल्टै प्रश्न सोध्नुभएको छ ।

सर्वोच्चले आइतवार नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र व्युँताइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021