एमाले फोर्न र माओवादीमा जोडिन माधवलाई सकस, अझै शक्तिशाली ओली: ३२ सांसद एमालेमा नै फर्कने (सूचीसहित)

काठमाडौँ, २४ फागुन । साबिक एमालेको १ सय २१ सांसद मध्ये ४० प्रतिशत पुग्न ४९ जना सांसद चाहिन्छ तर हाल माधव नेपालसँग जम्मा ३८ जना मात्रै सांसद छन् । २३ गतेको सर्वोच्चको फैसलाले साबिक एमाले व्युँताए पछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रको बैठक र संसदीय दलको बैठक बस्ने भनीसक्नु भएको छ ।

एमालेबाट माधव नेपाल पक्षका सांसदहरु

१) झलनाथ खनाल २) माधवकुमार नेपाल ३) चाँदतारा कुमारी ४) बोधमाया यादव ५) इन्दुकुमारी शर्मा ६) राजवबहादुर बुढाक्षत्री ७) पार्वतीकुमारी बिशुन्के ८) सुरेन्द्रप्रसाद पाण्डे ९) घनश्याम भुसाल १०) योगेश भट्टराइ ११) ध्रुवकुमार शाही १२) जीवनराम श्रेष्ठ १३) गणेशकुमार पहाडी १४) सरला यादव १५) पुष्पाकुमारी कर्ण कायस्थ १६) कृष्णलाल महर्जन १७) नारायणप्रसाद खतिवडा १८) कृष्णभक्त पोखरेल १९) गोकर्ण बिष्ट २०) विरोध खतिवडा २१) रामकुमारी झाँक्री २२) कल्याणीकुमारी खड्का २३) यज्ञराज सुनुवार २४) समिना हुसेन २५) जयकुमार राई २६) मेटमणी चौधरी २७) हीराचन्द्र केसी २८) भिम रावल २९) लक्ष्मीकुमारी चौधरी ३०) भवानीप्रसाद खापुङ ३१)  झपटबहादुर रावल ३२) पबित्रा निरौला ३३) निरीदेवी जैरु ३४) डा. दीपकप्रकाश भट्ट ३५) कलिला खातुन ३६)  सोमप्रसाद पाण्डेय ३७) विनादेवी बुढाथोकी ३८) मुकुन्द न्यौपाने

एमाले (माधव समूह) तथा माओवादीका ३२ जना सांसदहरु एमालेमा नै आउने तयारी, विधेयक आवश्यक

तत्कालिन उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई र गोकर्ण बिष्टसहितका सांसदहरु कृष्ण भक्त पोख्रेल, गणेश पहाडी, दिपक प्रकाश भट्ट, जीवन राम श्रेष्ठ, नारायण खतिवडा, कलिला खातुन, निरादेवी जैरे, पबित्र खरेल, भवानीप्रसाद खापुङ्ग, हिरा चन्द्र केसी, जय कुमार राई, यज्ञ राज सुनुवार, समिना हुसियन, बिरोध खतिवडा, धुर्बकुमार शाही, राजबहादुर बुढा, इन्दु कुमारी शर्मा, चाँद तारा, बोध कुमारी लगायत २५ जना सांसदहरु एमालेमै समाहित भएर अगाडि बड्ने विषयमा छलफल चलाउन थाली सक्नु भएको छ ।

पूर्वमाओवादीको सांसद ७ जना अहिले पनि प्रधानमन्त्री ओलीसंगै छन् । बिप्लव मावोवादीसंगको सहकार्यको माध्यमबाट कृष्णबहादुर महरा सहित ७ जना सांसदहरु एमालेमै फर्कने तयारी तिब्र भैरहेको छ । अब एमाले हुन चाहने महरा सहित ७ जना र एमाले भैसकेका बादल सहित ७ जना अनि माओवादी हुन चाहने माधव नेपाल सहित १६ जना सांसदको लागि नयाँ विधयक ल्याउन आवश्यक देखिन्छ ।

माओवादी केन्द्रका सांसद तथा माधव नेपाल समूहका गरी ३२ जना सांसदहरु प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको नेकपा एमालेमा समाहित भएको खण्डमा मात्र नभई वर्तमान अवस्थालाई नै हेर्ने हो भने पनि सरकार तथा नेपाली राजनीति ओलीकै वरिपरी रहने देखिएको छ ।

निर्वाचन आयोगले चाल्न सक्ने सम्भावित कदम

सो विधेयकमा पार्टी एकता पछाडी निर्वाचित राष्ट्रिय सभा, प्रतिनिधि सभा र अन्य गरि ४५ जनाको विषयमा पनि स्वोच्छैक घोषणका आधारमा पार्टी छनोट गर्न विधयकमा छुट दिदाँ समस्या हल हुनेछ । २५ गते हुने निर्वाचन आयोगको बैठकले सम्भवत साबिक एमाले र माओवादी केन्द्रको विधान, कमिटीको बिबरण माग्नेछ । भने सन्ध्या तिवारी र गोपाल किराँतीको नाममा दर्ता भएको एमाले र माओवादी केन्द्रलाई नाम परिवर्तन गर्न समय दिनेछ ।

अब सरकार बनोटको अवस्था

यस पछि सरकारको हैसियत संबिधानको धारा ७६ को उपधारा २ बमोजिमको हुनेछ । माओवादी केन्द्रले समर्थन नगरे प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ । यो अवस्थामा एमाले, काँग्रेस र सजपा मिलेर नयाँ सरकार या जेष्ठ या मंसिरमा चुनावको लागि जाने सहमती पनि हुन सक्छ । या एमाले बाहेकको नेपाली कांग्रेस, माओवादी तथा जनता समाजवादी पार्टी (जसपा)को समीकरणबाट नयाँ सरकार बन्न पनि सक्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्