महाँकाल र बेथानचोक गाउँपालिकाबीच अन्तरपालिका सहकार्य गरिने

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् ।

दुबै गाउँपालिकाको सीमाना जोडिएका सडक, यातायात, खानेपानी, पर्यटकीय स्थल लगायतका योजना संयुक्त रुपमा कार्यान्वयन गर्ने दुबै गाउँपालिकाले उद्घोष गरेका छन् । महाँकाल गाउँपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा शनिवार बेथानचोक गाउँपालिका स्थित ढुङखर्कमा “अन्तर स्थानीय तह सहकार्य तथा विकास निर्माण एवं पर्यटन प्रर्बद्धन” गर्न आयोजित अन्तक्रिर्या तथा छलफल कार्यक्रममा दुबै गाउँपालिकाले अन्तरपालिका जोड्ने योजना संयुक्त रुपमा कार्यान्वयन गर्न सहमत भएका हुन् ।

महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित ऐतिहासिक नारायण मन्दिर र महाँकाल गाउँपालिका वडा नं. ३ स्थित कालेश्वर मन्दिर, बैतरणीधाम र महाँकाल मन्दिरलाई एउटै धार्मिक पर्यटकीय मार्गको रुपमा निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नारायण मन्दिर, कालेश्वर, बैतरणीधाम र महाँकाल मन्दिरलाई एउटै मार्ग निर्माण गरी धार्मिक सक्र्रिटको रूपमा विकास गर्नुपर्छ त्यसका लागि केही बजेट दुबै गाउँपालिकाले राख्ने आवश्यक थप बजेट लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ ।”

उहाँका अनुसार बेथानचोक र महाँकाल गाउँपालिका प्राकृतिक वातावरण, भूगोल, संस्कृति, जातिय बसोबास लगायतका विकासका अवयब समान प्रकृतिका छन् । दुबै गाउँपालिकाले अन्तरपालिका जोड्ने योजनालाई समान रुपमा कार्यान्वयन गर्दा कम बजेटबाट धेरै विकास गर्न सकिने र दुबै गाउँपालिकालाई राजमार्गले समेत जोड्न सकिने स्पष्ट गर्नुभयो ।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले दुबै गाउँपालिकाले संयुक्त रुपमा गर्न सकिने विकास संभावना धेरै भएकाले संयुक्त रुपमा गर्न सकिने विकास योजनालाई संयुक्तरुपमै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

“हामी दुबै गाउँपालिकाले गर्न सकिने योजनालाई दुबै गाउँपालिकाले कार्यान्वयन गरौं” उहाँले भन्नुभयो “दुबै गाउँपालिकाले गर्न नसकिने योजनालाई संघीय सरकारका मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रदेश मन्त्रालय र प्रदेश अन्तर्गतका कार्यालयसँग आवश्यक समन्वय गरौं ।” दुबै गाउँपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने योजनाले भूगोल जोडिएका अन्य पालिकाका लागि समेत अनुकरणीय काम हुने भएकाले यस कार्यलाई दुबै गाउँपालिकाले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला लामा (तामाङ) ले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले अन्तरपालिका सहकार्य र समन्वय गर्ने अधिकार प्रदान गरिए पनि व्यवहारिक रुपमा त्यो कार्यान्वयन हुन नसकेको र महाँकाल गाउँपालिका र बेथानचोक गाउँपालिकाले उक्त अधिकार प्रयोग गरी अन्तरपालिका सहकार्य र समन्वय गर्न लागेको बताउनुभयो ।

महाँकाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले दुबै गाउँपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने संयुक्त योजनाले दुबै गाउँपालिकालाई आर्थिक लाभ हुने बताउनुभयो । यस कार्यले अन्तर समन्वयको विकास र दुबै गाउँपालिकाको कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्नुभयो ।

बेथानचोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले दुबै गाउँपालिकाले गर्न सकिने संयुक्त योजनालाई संयुक्त रुपमै कार्यान्वयन गर्न सके सङ्घीयताको मर्मले समेत सार्थकता पाउने बताउनुभयो ।

महाँकाल गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले सङ्घीय सरकारको रुपान्तकारी योजना अन्तर्गत पर्ने प्रदेश राजधानीदेखि स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माणमा दुबै गाउँपालिका मात्र नभइ अन्य गाउँपालिकासँग पनि छलफल गरी संयुक्त रुपमा पहल गर्नुपर्ने बताउनुभयो ।

बोथानचोक सदरमकाम ढुखर्कबाट, बेथानचोक गाउँपालिका वडा नं. १ को च्याम्रङबेसीदेखि महाँकलको दुलुङखोला करिडोर खण्ड हुँदै ठूलादुलुङ ललिपतपुरकै बागमती गाउँपालिका वडा नं. ७ स्थित् गिम्दी खुर्मीमा पक्कि पुल बनाएर त्यहाँबाट मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ को बेतिनी हुँदै फापरबारी धरान चतरा राजमार्ग जोड्ने बाटो निर्माणका लागि सरोकारवाला सबैले सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार उक्त राजमार्ग निर्माण भएपछि ललिपतुर, काभ्रे, सिन्धुपालचोक, रामेछाप, दोलखा लगायतका स्थानीय प्रत्यक्ष रुपमा लाभान्विदत हुनेछन् । साथै पहाड र तराई हुँदै राजधानी समेत सहज रुपमा जोड्न सकिन्छ ।

महाँकाल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गंगाराम तिमल्सिनाले दुबै गाउँपालिकाले धार्मिक, पर्यटकीय मार्ग निर्माणमा पहल कदमी लिनुपर्ने बताउनुभयो । नारायण मन्दिर, कालेश्वर, बैतरणीधामलाई एउटै धार्मिक मार्गले जोड्न सके आन्तरिक र बाह्य पर्यटन विकासमा ठूलो सहयोग पुग्ने यसबाट दुबै गाउँपालिका लाभान्विद हुनेमा जोड दिनुभयो ।

बेथानचोक गाउँपालिका वडा नंं २ का वडाध्यक्ष भगवान घिमिरेले ललितपुर, काभ्रे, भक्तपुरलाई जोड्ने एउटै रिङरोड निर्माण गर्नुपर्ने बताउनुभयो । उक्त रिङरोडबाट तीन जिल्लाका स्थानीय नागरिकको आर्थिक र सामाजिक विकास हुने बताउनुभयो ।

महाँकाल गाउँपालिकाद्धारा नारायण मन्दिर परिसर सरसफाइ

महाँकाल गाउँपालिकाले गाउँपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा शनिवार बेथानचोक गाउँपालिका वडा नंं ३ स्थित ऐतिहासिक नारायण मन्दिर परिसर सरसफाइ गरेको छ । नेपाल सरकारले ३०७३ फागुन २२ गते ७५३ स्थानीय सरकार घोषणा गरेको दिनलाई आधार मान्दै महाँकाल गाउँपालिकाले सो दिनलाई गाउँपालिकाको स्थापना दिवसरुपमा गत पाँच वर्षदेखि विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । शनिवार गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा नारायण मन्दिरमा पुगी मन्दिरमा परिसरमा फालिएका प्यास्टिक, सीसीका बोतल अन्य फोहोरजन्य वस्तु सङ्कलन गरी सो को व्यवस्थापन गरेको हो । मन्दिरमा आउने भक्तजन तथा धार्मिक पर्यटकबाट उत्सर्जन हुने फोहोरलाई अबदेखि व्यवस्थित गर्नका लागि गाउँपालिकाले दुईवटा प्यास्टिकका फोहोर हाल्ने कन्टेनर समेत मन्दिर परिसरमा राखेको छ ।

कन्टेनर स्थपना गर्दै महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले “सके सफा गरौं नसके फोहोर नगरौं” भन्ने सन्देश प्रवाह गर्नुभयो । सो अवसरमा गाउँपालिकाले मन्दिरमा विधिपूर्वक पूजा अर्चना गरी सहभागि सबैलाई प्रसाद ग्रहण गराएको थियो । सरसफाइ अभियानमा गाउँपालिका सबै जनप्रतिनिधि र पालिकाका कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021