स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

कर्णाली, २४ फागुन । गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० ले स्वास्थ्योपचार सेवा लिएका छन् । 

कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतबार यहाँ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहेको उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।  

छ डाक्टर तथा सात प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । उनका अनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021