कोरिया जान अवधि थप

काठमाडौँ, २४ फागुन । ईपीएसमार्फत  दक्षिण  कोरिया  जान भाषा  परीक्षा  पास  गरी  बसेका युवाका  लागि  छ  महिना  समय थप्न  कोरिया  सहमत  भएको  छ ।

यसबाट  कोरियाली  भाषा  पास गरेका  तर  कोरोनाका  कारण  कोरिया  जान  नपाएका  नेपाली युवा लाभान्वित हुनेछन् । परिमार्जित  पूर्वप्रस्थान  अभिमुुखीकरण  तालिम  पाठ्यक्रम कार्यान्वयन  सम्बन्धमा  आयोजना  गरिएको  प्रशिक्षकका  लागि पुनर्ताजगी  तालिमको  समापन गर्न  वैदेशिक  रोजगार  बोर्डले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा  सामाजिक  सुरक्षामन्त्री  गौरीशङ्कर  चौधरीले  उक्त  जानकारी दिएका हुन् ।

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन  विभाग  (एचआरडी) सहमत भएको  पनि  जानकारी दिए । मन्त्री  चौधरीले  कतारसँग  हालको  सम्झौतालाई  संशोधन गरी जीटूजीमार्फत श्रमिक पठाउनका लागि नेपालका लागि कतारी राजदूतसँग छलफल भएको र यसमा विषयमा राजदूत सकारात्मक भएकोसमेत जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021