लड्डुराम माधवको जन्मदिन दिनः सर्वोच्चले व्युँताइदियो एमाले–माओवादी, अब माधव कता ?

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले पछिल्लो समयमा एक पछि अर्को गर्दै महत्वपूर्ण निर्णयहरु गर्दै राजनीतिक दलमा एक प्रकारको भुकम्प नै पैदा गराई दिन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको दिन सर्वोच्च अदालतले संसद विघटनको विरुद्धमा फैसला सुनाएको थियो । जसले गर्दा नेपालमा नयाँ राजनीतिक कोर्षको शुरुवात भएको थियो । जसले गर्दा प्रतिनिधिसभाका आफ्नै सांसदहरु एउटा कित्ताबाट अर्को कित्तामा वसाई सर्ने कार्यको खेल सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरुद्धमा फैसला आएको खबर समेत स्पष्ट बुझ्न समेत नपाई माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले लड्डु खाएर मनाएको खुसीयाली आज पुनः माधवको जन्मदिनको दिन नै उक्त गुलियो लड्डु अमिलो हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएको छ । एमाले र माओवादी केन्द्रलाई पुर्ववत रुपमा नै व्यँुताइदिएपछि माधवको अबको राजनीतिक यात्रामा अध्यारो बादल लाग्ने संकेत देखिएको छ ।

प्रधानमन्त्रीको कटु आलोचक तथा कुर्सीको लोभी माधवले अबको यात्रामा एमाले हुने कि माओवादी केन्द्र हुने ? भन्ने गंभिर प्रश्न खडा भएको छ । सर्वोच्चको फैसला अनुसार अवको संसदको यात्रामा एमालेको तर्फबाट ८० जना प्रत्यक्ष र ४१ जना समानुपातीक गरी जम्मा १२१ जनाको सहभागिता रहेको छ भने माओवादी केन्द्रबाट ३६ प्रत्यक्ष र १७ जना समानुपातीक सांसदहरु रहेका छन् ।

योसँगै अब माधवले प्रचण्ड अध्यक्ष भएको माओवादी केन्द्रमा प्रवेश गर्ने वा ओलीले नेतृत्व गरेको एमालेमा फर्कने भन्ने दुई वटा बाटो देखिएको छ । सर्वोच्चको फैसलाले चुनाव चिन्ह सूर्य एमालेकै हुने लगभग निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।