जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

गोरखा, २३ फागुन । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखा सदरमुकामको अस्पतालमार्गस्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरी दिएपछि गोरखा नगरपालिका–६ सातधुरेका ३० वर्षीय राम भन्ने सोमबहादुर बाचे पक्राउ परेका हुन् ।

 प्रहरीका अनुसार फागुन ८ गते उक्त घटना भएको र ११ गते पीडितको जायरी आएपछि मुद्दा दर्ता गरेको हो  । तर युवक भागेर कालीकोट पुगेको रहेछ । पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटलाई पत्राचार गरिएको र कालिकोट प्रहरीले बाचेलाई १६ गते पक्राउ गरेर गोरखा पठाएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका बाचेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड