सर्वोच्च अदालतले नेकपा आधिकारिताको निर्णय भोली सुनाउने

काठमाडौँ, २२ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरे पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक बिदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सम्पन्न भइसकेको छ ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिए पनि केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021