आज काठमाडौँसहित गण्डकीका पाँच जिल्लामा बत्ती जाने

काठमाडौँ, २२ फागुन । काठमाडौँ उपत्यका केही ठाउँसहित उपत्यकाका बाहिरका मुख्य सहरमा आज फिडर लाइन सटडाउन गरिने भएको छ ।

ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैंसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौँको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल हस्पिटललगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।

भरतपुर महानगरका केही ठाउँ र विराटनगर महानगरको वडा २, ३, ४, ८ र ९ मा बत्ती जाने भएको छ । गण्डकी प्रदेशका पाँच वटा जिल्लामा आज तीन घण्टा बिजुली नआउने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १ सय ३२ केभीको एक्सटेन्सन कार्यका लागि विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021