अब ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाइने

काठमाडौँ, २१ फागुन । सरकारले जेष्ठ नागरिकले खोप पाउने उमेर समूह परिवर्तन गरेको छ । फागुन २३ गतेदेखि ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइने भनिएकोमा अहिले उक्त उमेर समूह बढाएर ६५ वर्ष पुर्याइएको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार आगामी आइतबारदेखि सुरू हुने खोप अभियानमा ६५ वर्ष माथिका जेष्ठ नागरिकले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सक्छन् । गौतमले खोपको उपलब्धता कम भएपछि उमेर समूह बढाउनुपरेको जनाए । 

उनले अहिले १५ लाख खोप उपलब्ध रहेको र पुरानै योजना अनुसार ५५ वर्ष माथिकालाई खोप दिन कम्तिमा ४० लाख खोप आवश्यक पर्ने बताए । गौतमले ६५ वर्षदेखि माथिका उमेर समूहका मानिस करिब १७ लाख रहेको र उपलब्ध भएको खोपले करिब १५ लाख जनालाई दिन सकिने जनाए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021