घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ

काठमाडौँ, २१ फागुन । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवइन्जिनियर नेत्रप्रसाद लामिछानेलाई पक्राउ गरेको हो ।

सवइन्जिनियर लामिछानेले निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021