मिर्गौला प्रत्यारोपणको १ वर्षः प्रमको सक्रियता र आत्मविश्वास देखेर डाक्टर नै चकित

काठमाडौँ, २१ फागुन । ‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय खोली झनै सक्रिय देखिएका छन् ।

स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन् । सामान्यतयाः मानिसको शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन् । ती मिर्गौला मध्ये एउटा मिर्गौलाले मज्जाले काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन् ।

मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति थिए । ‘उहाँको मनोबल उच्च देखिन्छ । उर्जा झन् बढेको छ,’ मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्छन्, ‘उहाँको स्वास्थ्य देखेर सन्तुष्ट छु । उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ ।’ यो आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021