लागूऔषध गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम, २० फागुन । आठ किलो लागूऔषध गाँजासहित महोत्तरीका दुई जना सर्लाहीबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट महोत्तरीको पिपरा गाउँपालिका-३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतोलाई गाँजासहित पक्राउ गरेको हो ।

प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रेले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस