ताप्लेजुङको आगलागी पिडितलाई तत्काल राहत र पुनःनिर्माणको व्यवस्था गर्ने प्रम ओलीको घोषणा

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा भएको आगलागी पिडितलाई तत्काल राहत तथा पुनः निर्माणको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आगलागीप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यस्ता घटना दुःखद भएपनि पिडितलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गर्नुभयो । उद्धारमा जुट्न प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्दै उहाँले आगोबाट ५१ वटा घरहरु जलेको साथै करोडौंको क्षती भएकोमा दुःख व्यक्त गर्नुभयो ।

आगलागी नियन्त्रणमा आएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘आगो निभाईसकिएको छ, राहत उपलब्ध गराउने कुरा र पुनःनिर्माण गर्ने कुरामा सरकार तत्कालबाट लाग्छ । जनताको समस्या तत्कालबाट हल गर्छ । प्रदेश–१ का मुख्यमन्त्री हुनुहुन्छ, उहाँले यी कुराहरुको संयोजन गर्नु नै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले