विकासमय बन्दै नेपालः प्रम ओलीद्वारा दक्षिण एसियामै ‘उत्कृष्ट’ औद्योगिक पार्क शिलान्यास हुँदै

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्न त्यतातर्फ जान लाग्नुभएको छ ।

उक्त औद्योगिक पार्कले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका समेट्नेछ छ । करिब ६४ अर्ब रुपैयाँ लागतमा बन्ने उक्त पार्क ‘पीपीपी’ मोडलमा निर्माण गर्नेबारे नेपाल-चीनबीच सम्झौता भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कका रूपमा विकास गर्न लागिएको सो पार्क शिलान्यास कार्यक्रम आज प्रधानमन्त्री ओलीले गर्नुहुने कार्यक्रम राखिएको छ ।

चीन-नेपाल मैत्री औद्योगिक पार्क १ हजार ६०० हेक्टर क्षेत्रफलमा बन्ने बताइएको छ । चार चरणमा निर्माण सम्पन्न हुने पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै ‘उत्कृष्ट’ हुने दाबी गरिएको छ । पार्क निर्माणका लागि करिब २२ सय बिघा क्षेत्रफल चाहिनेमा हालसम्म १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको बताइएको छ ।

सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार प्रधानमन्त्रीले फागुन १० गते कञ्चनपुरको दैजी(छेला औद्योगिक क्षेत्र शिलान्यास गरिसक्नुभएको छ । गसैगरी फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र फागुन १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्रको पनि शिलान्यास भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा