काठमाडौँ, १४ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताउनुभएको छ ।
शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहसँग हर मोर्चामा लड्न तयार रहेको उद्घोष गर्नुभयो ।
पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि दाबी गर्दै उहाँले भन्नुभयो, ‘हामीलाई संसद पुर्नस्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’