भरुवा बन्दुकसहित एकजना पक्राउ

स्याङजा, १४ फागुन । भरुवा बन्दुकसहित एकजनालाई स्याङजाको पुतलीबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले गुरुङलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक