प्रचण्ड-माधवलाई जसपाको प्रश्‍न- तपाईंको पार्टी कुन हो ?

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभा पुन:स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि प्रचण्ड-माधव पक्ष र जसपा नेतृत्वबीच छलफल भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा पुगेका थिए ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति प्रचण्ड-माधवले आफूहरूलाई प्रस्ताव गरेको बताइएको छ  । जसपा नेताहरुले प्रचण्ड-माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेका छन् ।

प्रस्तावबारे पार्टीको बैठकमा छलफल गर्ने बताएको भन्दै महतोले भने ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रष्ट हुनुस् भनेर हामीले जिज्ञासा राख्यौं ।’

जसपा नेताहरूले पटक-पटक गरेको सहमतिमा आफूहरुले धोका खाएको पनि स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको