डलरसहित बेलायती पक्राउ

काठमाडौँ, १२ फागुन । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । 

कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ वर्षीय नेल वीलिम ग्रिनउडलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ । 

मानव बेचबिखनमा संलग्न अभियुक्त पक्राउ: मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौँ चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई फकाइ प्रलोभनमा पारी श्रीलङ्का पु¥याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले चाबहिलबाट पक्राउ गरेको हो । चौधरीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड