राष्ट्रिय परिचयपत्र वितरण शुरु

राजविराज, १२ फागुन । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यबाट शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पहिलो दिन १४ लाई राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो ।

प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखि प्रारम्भ भएको जानकारी दिनुभयो । हरेक नेपालीको जैविक तथा वैयत्तिक विवरणलाई सुरक्षितरुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य शुरु गरेको हो ।

कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखि २०७७ भदौसम्म स्थगित भएको काम पुनः २०७७ असोजदेखि अघि बढाइएको जनाउँदै उहाँले जिल्लामा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८६६ को डाटा इन्ट्री भइसकेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिकाको सबै छ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण सङ्कलन र दर्ता कार्य भइरहेको जनाइएको छ  । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021