काठमाडौँ, १२ फागुन । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यता प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज विहान काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ ।