काठमाडौँ, ११ फागुन । राष्ट्रिय सुरक्षा परिषद बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको छ ।
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको हो ।
आज बसेको बैठकमा अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको बताइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी हुनुहुन्थ्यो ।